आज – २५ कार्तिक २०८२ मंगलवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारमा जिम्मेवारी बढ्ने र मानसम्मानका अवसर प्राप्त हुनेछन् । माताको साथ र सहयोगले अप्ठ्यारा परिस्थितिलाई पनि सुल्झाउन सक्नुहुन्छ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक स्थिति सुदृढ रहनेछ । पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ । आर्थिक निर्णयहरूमा विवेकको प्रयोग गर्नुहोला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्नुहोस । वैवाहिक सम्बन्धमा तनाव र मतभेद उत्पन्न होला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा परिश्रम र योजनाबद्ध प्रयासको प्रशंसा हुनेछ । आँटेको काममा सफलता मिल्ला । साहित्य र रचनात्मक कलामा विशेष सफलता प्राप्त होला । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक वा सामाजिक गतिविधिमा उल्लेखनीय प्रगति हुनेछ । स्वास्थ्यको दृष्टिले समय अनुकूल नहोला । आत्मविश्वासमा कमी आउनेछ । आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता मिल्नेछ । अनावश्यक खर्चबाट जोगिनुहोस् । आलस्यले गर्दा काम समयमा सम्पादन नहोला । परिश्रमबाट सफलता प्राप्ति गर्न सकिएला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा संयम वा स्पष्ट संवाद राख्नुहोस् सफलता मिल्नेछ । विद्यार्थीहरू पढाइमा एकाग्रता बनाएर राख्नुहोस । बौद्धिक कार्यमा प्रगति हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । व्यवसायमा स्थिरता आउनेछ । सहयोगीहरूको राम्रो साथ र सहयोग पाइनेछ । शान्तिपूर्ण ढंगले कुनै पनि समस्यालाई सुल्झ्याउन सकिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ लगानी लगाउने अवसर मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । दाजुभाईमा आत्मीयता वा आपसी समझदारी बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वरिष्ठ व्यक्तिहरूको सहयोग र मार्गदर्शन प्राप्त होला । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विद्यार्थीहरूको तर्कशक्तिको विकास हुनेछ । आफ्नो प्रतिभा वा क्षमताको परिचय दिन सक्नुहुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जनसेवा वा सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ । योजना वा विचारहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । कार्यक्षेत्रमा कुनै निराधार आरोपको सामना गर्नुपर्ला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम सम्बन्धमा सकारात्मक संकेत मिल्नेछ । अध्ययन अध्यापनमा र संगीतको क्षेत्रमा सफलता मिल्नेछ । ईष्टमित्रको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।

ताजा समाचार

Related Articles