चन्द्रनिगाहपुरबाट बेपत्ता कहर गौरको नदीमा मृत शव फेला

रौतहट २४ कार्तिक
रौतहटमा सोमबार एक मृत शव गौरमा फेला परेकोछ । सोमबार रौतहटको गौर नगरपालिकाको वडा नम्बर ५मा रहेको बरहवा नदीमा डुबेको अबस्थामा २० बर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत फेला परेको शव चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ का सुनिल कुमार कहरको पुष्टि भएको प्रहरीले जनाएको छ । मृतकसँग रहेको सवारी अनुमति पत्रको आधारमा मृतकको पहिचान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ । चन्द्रनिगाहपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको र उनका आफन्तजनहरु सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदिप बस्यालले तराई पोष्टलाई बताउनु भयो । पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप कुराहरु खुल्ने डीएसपी बस्यालको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles