बारा २४ कार्तिक
बाराको जंगलमा हाती आतंकले एक जनाको ज्यान जानुका साथै सवारी साधनहरु सडकमा नै अवरुद्ध भएको छ । बाराको पथलैया देखी निजगढ बीचको जङ्गल क्षेत्रमा दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारी साधनहरूमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र करिब आधा दर्जन सवारी साधन क्षतिग्रस्त भएका प्रहरीले जनाएको छ । हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । सडकमा आवागमन अवरुद्ध भएको छ । घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको भएतापनि हात्तीलाई नियन्त्रण तथा सडकबाट हटाउन सकेको छैन । हात्ती आतांकले स्थानीयवासीहरूमा त्रसित भएका छन ।

