चन्द्रनिगाहपुरमा लागुऔषध सहित २ जना पक्राउ

रौतहट २४ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । मुख्य राजमार्गको चन्द्रनिगाहपुर चेकपोष्टमा नियमित चेकजाचको क्रममा २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि रुपा लाबुंगले तराई पोष्टलाई जानकारी दिनु भयो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर १६ का बुद्ध सिंह वाइबा र सर्लाहीकै हरिवन–३ का सरिन योन्जन रहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । उनीहरूको चालचलन शंकास्पद देखेपछि प्रहरीले उनीहरुको झोला चेकचाज गरेको प्रहरीले जनाएकोछ । झोलाबाट १३० पिस ट्रामोल बरामद गरेको डिएसपि रुपा लाबुंगले बताउनु भयो । पक्राउ परेका व्यक्तिमाथि लागू औषध (व्यवस्थापन) सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको समेत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles