आज – २४ कार्तिक २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् नयाँ अवसरहरु प्राप्त हुनेछन । दाजुभाइमा आत्मीयता बढ्नेछ । यात्रा गर्दा व्यक्तिगत जिम्मेवारी र सतर्कता अपनाउनुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अड्किएको कार्य पुनः प्रारम्भ हुनेछ । राजनीतिक योजनाहरूमा सफलता प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग पाइएला। आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आफन्तहरूको साथ पाइएला । नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । कामको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । मन अशान्त रहनेछ । कार्यक्षेत्रमा झुटो आरोप लाग्न सक्ला । राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । विदेशतिरबाट शुभ सूचना मिल्ला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिस्पर्धामा विजय प्राप्त भइनेछ । मेहनतको राम्रो परिणाम हात लाग्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । फजुल खर्चबाट बच्नुहोस । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक समस्याले कार्य समयमा पूरा नहोला । शरीरमा कमजोरीको अनुभूति हुनेछ । इष्टमित्रहरूबाट रोकिएका कार्य बन्नेछन् । कार्यक्षेत्रमा आलस्य नगरौं । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा लगनशीलताको प्रशंसा हुनेछ । योजनाबद्ध प्रयासले सफलता मिल्नेछ । संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ । बोलीको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा सक्रियता बढ्नेछ । योजना र विचारहरू गोप्य राख्नुहोस् । अरूको आन्तरिक विषयमा हस्तक्षेप नगरौँ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो दूरीको यात्रा सफल रहनेछ । भाग्यले साथ दिनेछ । धार्मिक स्थलहरुको भ्रमण वा मठमन्दिर आदिमा दर्शनका योग छन् । युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ। आर्थिक पक्ष सुदृढ रहने र स्वास्थ्यले साथ दिनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम सम्बन्धमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । रचनात्मक वा कलात्मक कार्यहरूमा मन लाग्नेछ । व्यवसायमा सन्तानको साथ र सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पराक्रममा वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । आफन्तहरूबाट उपहार प्राप्त होला । समय अनुकूल रहेको छ । आफूभन्दा सानाको माया पाइनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles