मधेश प्रदेशको मुख्यमन्त्रिमा सरोज यादवले लिए शपथ

रौतहट २४ कार्तिक
मधेस प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराउनु भएको छ । सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाउनु भएको छ । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेको छ । जनकपुरमा अबस्था सहज नभएको विरोध प्रदर्शन भइरहेकाले आफुले सिन्धुलीमा शपथको कार्यक्रम राखिएको नवनियुक्त मुख्यमन्त्रि यादवले बताउनु भयो । विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएको र बिच बाटोमा नै भण्डारीले यादवलाई शपथ गराएको सोनलको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles