आज – २३ कार्तिक २०८२ आइतवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ अवसर मिल्नाले आत्मबलमा वृद्धि हुनेछ । छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ । महत्वकांक्षी कार्य प्रारम्भ गर्न सकिनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्मान प्राप्तिको लागि संघर्ष गर्नुपर्ला । विषयवस्तु नबुझी कुनै कुरामा अगाडि नबढ्नुहोस् । आर्थिक पक्ष सुदृढ रहनेछ । समय अनुकूल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवैबाट सहयोग मिल्नेछ । आन्तरिक सम्बन्धमा मधुरता आउनेछ । मित्रहरूको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक वा सामाजिक कार्यमा संलग्न भइएला । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । भविष्यलाई लिएर योजना कोरिनेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तारिफयोग्य कामले अरुको उपकार गर्न सकिनेछ । व्यापार व्यवसायमा जीवनसाथीको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयत्न गर्दा कार्य सजिलै सम्पादन हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। माननीयजनहरूको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहरूको साथ र सहयोग पाइएला । कलात्मक वा रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आलस्यले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउला । प्रतिफल पाउनको लागि धेरै खट्टिनुपर्ला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । नयाँ नोकरीको अवसर प्राप्त हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरूको भरमा ढुक्क नपर्नुहोस् । आशावादी बनेर लक्ष्य प्राप्तिको लागि मेहनत गर्नुहोला । विद्यार्थीहरूलाई परीक्षामा आशा अनुरूप परिणाम मिल्ला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ । नयाँ कार्य प्रारम्भ गर्नु भन्दा अघि पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस् । स्वास्थ्यलाई लिएर सजग रहनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सेवामूलक कामबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । कार्यक्षेत्रमा दौडधुप धेरै गर्नुपर्ला । अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

ताजा समाचार

Related Articles