विश्वासकाे मत नपाउने भएपछि मुख्यमन्त्री साेनलले दिए राजीनामा

राैतहट २२ कार्तिक
मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । शनिबार विशवासकाे मत लिने क्रममा साझ साेनलले सभामुख समक्ष राजीनामा दिएका हुन् । विश्वासको मत लिन शनिबार मधेस प्रदेश सभाको बैठक बसेको थियो । तर उक्त क्रममा बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेश सभा बैठकबाट बाहिरिएका थिए । १० मिनेटमानेटमा लागि बैठक स्थगित गरिएपनि डेढ घन्टा बित्दा पनि बैठक सुचारु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् ।  सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् ।  संविधानको धारा १६८ को उपधारा २ बमोजिम साेनल असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

ताजा समाचार

Related Articles