रौतहट २२ कार्तिक
रौतहटका पुर्वमन्त्रिको मृत्यु भएको छ । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको जनाइएको छ । काठमाडौ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । सुगर, उच्च रक्तचाप लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उहाको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाको शवलाई आज बिहान एम्बुलेन्स मार्फत रौतहट ल्याउदै छ । अन्तिम दाहसंस्कारका लागि शव गृह जिल्ला रौतहटको राजपुरतर्फ लगि सकिएको पारिवारिक स्रोतले जनाएको छ ।

