रौतहटको गुजरामा निशुल्क आँखा शिविर , २०५ जनाले पाए निशुल्क चस्मा

रौतहट २२ कार्तिक
रौतहटको गुजरामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ४ स्थित मावि कनकपुरमा सम्पन्न शिविरमा ४६५ जनाले निशुल्क आँखा चेकजाच गरेका थिए । जसमध्ये २०५ जनालाई निशुल्क चस्मा वितरण गरिएको र ७५ जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएको गुजरा नगरपालिकाले तराई पोष्टलाई जानकारी दिनु भयो । तिल गंगा सामुदायिक आखा अस्पताल निजगढ बाराको प्राबिधिक सहयोग एवम् गुजरा नगरपालिकाको आयोजनामा र गुजरा युथ टिमको सहकार्यमा श्रीगढिमाई महिला कृषक समुह समूहले सो शिविर सञ्चालन गरेको हो । शिविरमा लाग्ने खर्च तथा शल्यक्रियामा लाग्ने सम्पुर्ण रकम गुजरा नगरपालिकाले सहयोग गर्ने समेत नगरप्रमुख सन्तलाल चौधरीले बताउनु भयो ।

ताजा समाचार

Related Articles