मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम बन्नुका साथै परिवारमा सुख शान्ति बढ्नेछ । आफ्नो कार्यलाई ईमानदारी साथ गर्नुहोस् सफलता मिल्नेछ । वाहन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा ध्यान दिने आवश्यकता रहेको छ । परिवारबाट भनेजस्तो सहयोग नमिल्ला। पुराना कार्यहरू पूरा गर्ने समय रहेको छ । नमागी कसैलाई सल्लाह नदिनुहोस् । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो कुरालाई भुलेर अगाडि बढ्नुहोस् । नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ । नयाँ कार्यको थालनी हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गोपनीय ढंगले गरेको क्रियाकलापमा सफलता पाइनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । मानसिक अशान्ति रहनेछ । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको काममा ढिला हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । कार्यक्षेत्रमा चुनौतीहरूले पछ्याउनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श व्यक्तिहरूसँग सहकार्य गर्ने अनुभव प्राप्त हुनेछ । बोली वचनमा संयमता अपनाउनुहोला । कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नमिल्ला । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हतारमा निर्णय लिनबाट बच्नुहोस् । राजनीतिक व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ । विवादित विषयबाट टाढा रहनुहोस् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको कार्यमा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई पढाइमा एकाग्रताको आवश्यकता रहेको छ । शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ । शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिको लागि प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । रोकिएका अपूर्ण काम पुनः प्रारम्भ हुनेछन् । आध्यात्मिक चेतनाको विकास हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवन सुमधुर रहनेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन हर्षित रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ । अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ ।

