मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान वृद्धि हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । कानुन वा न्यायिक मामलाहरूमा सफलता मिल्नेछ । विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनमा वृद्धि हुनेछ । आफन्तहरूबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । धन आर्जनका नयाँ योजनाहरू अगाडी बढ्नेछन् । गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक कार्यमा सहभागी जानइनेछ । कडा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ । कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । दिएको ऋण फिर्ता लिने समय रहेको छ । अरुको झैँ झगडामा नपर्नुहोस् । बोलीमा प्रभाव बढ्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्यको रूपरेखा बन्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ । आजका शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस् । आफन्तहरू मध्य वैचारिक मतभेदको सम्भावना रहेको छ । परोपकारी कार्यतर्फ अग्रसर भइनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ । पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ । राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ । पिताको सहयोगले अड्केको कार्य बन्नेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बल वा बुद्धिको उपयोगले अधिकार जोगाउन सफल भइनेछ । मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला । सम्मानित स्थानको प्राप्तिको लागि संघर्ष गर्नुपर्ला । मिठो बोलीले कार्य सम्पादन हुनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ ।

