रौतहट १७ कार्तिक
चोरीको मोटरसाइकल बिक्रि गर्ने क्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ विजयपुर चोकका स्थानियलाई मोटरसाइकल बिक्रिका लागी कुरा गरिरहेको समयमा स्थानियले प्रहरीलाई खबर गरेका थिए । आइतबार राति करिब साढे ८ बजेतिर दुई जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिकाको वडा नम्बर ५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रबिन कार्कीले बताउनु भयो । पक्राउ परेका २ जना महत्तो र पासवान मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए । उनीहरुले स्थानीयहरूसँग सवारी बिक्रीको लागि कुरा गरिरहेको देखेपछि शङ्का लागेर स्थानीयले प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन । विजयपुर चोकबाट करिब १०० मिटर पूर्वबाट दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

