विहिबारबाट मात्रै घमाइलो मौसम हुने मौसमविदहरुको भनाई

काठमाडौ १७ कार्तिक
नेपालमा बिहिबारदेखि मात्रै मौसम खुल्ने मौसमविदहरुले बताएका छन । शनिबारसम्म नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवात, स्थानीय वायु र अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली समेतको प्रभाव रहेको र त्यसले लगातार वर्षा गराएको मौसमविदहरुले बताएका छन । अहिले नेपालको मौसम प्रणालीमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार लगातारको वर्षा पछि पनि अहिले वायुमण्डलमा आद्रता युक्त हावा भएकाले देशको मध्यदेखि पूर्वी क्षेत्रसम्मको आकाश बादलले ढाकेको छ । सोमबार बिहान पनि केही स्थान बादलले ढाक्ने अवस्था रहेको र बुधबारसम्म यो क्रम रहने मौसमविदहरुले बताएका छन । जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको बताएको छ । केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहने जनाइएको छ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहने बताइएको छ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत मौसमविदहरुले बताएका छन ।

ताजा समाचार

Related Articles