मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ । विद्यार्थीहरुको अध्ययनमा एकाग्रतामा कमी आउनेछ । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ । भौतिक संसाधन जुटाउनाले प्रसन्नता मिल्नेछ । कर्म गर्दै जानुहोस् समय आफै अनुकूल बन्दै जानेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समस्या पर्दा सहयोग गर्ने प्रशस्त भेटिनेछन्। बोलिको विविध अर्थ लाग्नेछ । नयाँ अवसर आए पनि लाभ लिन नसकिएला । हाथमा लिएको एउटा काम सिध्याएर मात्र अर्को काम तर्फ अग्रसर हुनुहोला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । मनमा हर्ष र उत्साह छाउनेछ । आफ्नो दक्षतामा विभिन्न कार्य सम्पादन गर्न सकिनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरू तपाईंको खुट्टा तान्ने प्रयास गर्नेछन् । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको कामले पूर्णता लिनेछ । राजनीतिक क्षेत्रमा बिस्तारै अगाडि बढ्न सक्नुहुनेछ । गरिएको शुभकामको चर्चा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वित्तीय वा सहकारि संस्थाबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा आफन्तहरूको सहयोग प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ने र नँया योजना प्रारम्भ गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सन्दर्भ बुझेर आफ्नो कुरा राख्नुहोला । युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारिक विषयमा छलफल हुनेछ। व्यस्त जीवनबाट व्यक्तिगत खुसीको लागि केही समय निकाल्नुपर्ला । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । नोकरी वा पेशामा अधिकारीहरूको सहयोग पाइनेछ । प्रिय व्यक्तिको सम्झनाले सताउनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साँझतिर आफन्तहरूको सहयोगले अपूर्ण कार्य पूरा हुनेछ । धैर्य वा पराक्रममा वृद्धि हुनेछ । नजिकका मित्रहरूसँग भेटघाटका योग छन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिको सल्लाहलाई वेवास्था नगर्नुहोस् । प्रेममा सफलता पाइनेछ । मिडिया वा चलचित्रको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन लाग्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ ।

