चन्द्रनिगाहपुरमा माेटरसाइकल चाेरीकाे घटना बढ्दै

राैतहट १६ कार्तिक
राैतहटकाे चन्द्रनिगाहपुरबाट साझ माेटरसाइकल चाेरी भएकाे छ । आइतबार साझ ८ बजेकाे आसपासमा चन्द्रनिगाहपुर स्थित हाेटल एएन प्लाजामा पार्किङ गरि राखिएकाे राेयल इन्फिल्ड बुलेट माेटर साइकल चाेरी भएकाे माेटरसाइकल धनी बिक्रम घिमिरेले बताउनु भयाे । म प्र ०३ ०३८९७७४ नम्बरको रोयल इन्फिल्ड बुलेट माेटरसाइकल चाेरी भएकाे घिमिरे तराई पाेष्टलाई जानकारी दिनु भयाे । चाेरी भएकाे माेटरसाइकलकाे खाेजी कार्य  तिब्र रुपमा गरिरहेकाे पिडितले जनाएका छन । यदि कसैले साे माेटसाइकल भेट्नु भएमा या देख्नु भएमा प्रहरीलाई खबर गर्न पिडितले अपिल समेत गरेकाे छ ।

ताजा समाचार

Related Articles