राैतहटमा जग्गा किर्ते गरि फरार अभियुक्त पक्राउ

राैतहट १५ कार्तिक
राैतहटमा जग्गा किर्ते गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । रौतहटको कटहरिया नगरपालिकाकाे वडा नम्बर १ मा रहेको करिब ९ बिगाहा १८ कठ्ठा १५ धुर क्षेत्रफलको २४ कित्ता जग्गा किर्ते खडा गरी गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको आरोपमा फरार रहेकाे अभियुक्त पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
फरार अभियुक्त कटहरिया नगरपालिकाकाे वडा नम्बर १ बस्ने ४२ वर्षीय रामपुकार महतो कोइरीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख एसपी रबिन कार्कीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । जिल्ला अदालत रौतहटको फैसला किर्ते खडा गरी त्यसकै आधारमा जग्गा आफ्नो नाममा दर्ता गरी लिखित सम्बन्धी कसुर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ । प्रहरीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अघि बढाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

ताजा समाचार

Related Articles