आज – १५ कार्तिक २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ । आफूभन्दा ठूला प्रति आत्मीय भाव बढ्नेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रसन्न रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा तारिफ योग्य कार्यको चर्चा हुनेछ । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । नोकरी वा पेशामा आफ्नो कामले अधिकारीहरूलाई प्रभाव छोड्न सकिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ । आध्यात्मिक क्षेत्रतिर मन जानेछ । शिक्षाको क्षेत्र फराकिलो रहनेछ । अरुको सहयोगमा पनि जुट्नुपर्ने अवस्था देखिएको छ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग नमिल्ला । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस् । शत्रुहरू सक्रिय रहनेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापार बाट लाभ मिल्नेछ । नयाँ अवसरको लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा इष्टमित्रहरूको साथ र सहयोग पाइनेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेका कार्यमा सफलता मिल्नेछ । नोकरीलाई लिएर उच्च पदाधिकारीहरूसँग सम्पर्क बढ्नेछ । नयाँ कार्यको जग बसाउन सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । मादक पदार्थको सेवनबाट टाढा रहनुहोस् । फजुल खर्चले आर्थिक पक्ष कमजोर रहनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायमा अड्किएको रकम उठ्नेछ । सानो प्रयासले पनि अप्ठ्यारा कार्य सिद्धि गर्न सकिनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नँया अवसरको लागि दौडधुप गर्नुपर्ला । अध्यात्मतर्फ झुकाव बढ्नेछ । रोजगारको लागि नयाँ अवसर मिल्नेछ । शिक्षाको क्षेत्र फराकिलो हुनेछ । पायक स्थानमा भ्रमणका योग छन् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ ।

ताजा समाचार

Related Articles