हरि खड्का फुटबलको मुख्या प्रशिक्षक नियुक्त

काठमाडौ १४ कार्तिक
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पूर्व खेलाडी हरि खड्काले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी नोभेम्बरमा हुने एएफसी एसियन कप छनोटको खेलको लागि हरि खड्कालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । बिहीबार राष्ट्रिय टिमको जिम्मेवारी सम्हालिरहेका म्याट रसले राजीनामा दिएपछि रिक्त प्रमुख प्रशिक्षकको पदमा हरि खड्का नियुक्त भएका हुन् । हरि खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’(प्राविधिक निर्देशक)को रूपमा कार्यरत रहेका छन् ।

ताजा समाचार

Related Articles