जेन्जी आन्दोलनमा फरार चन्द्रनिगाहपुरका २ कैदी पक्राउ

रौतहट १४ कार्तिक
चन्द्रनिगाहपुर प्रहरीको हिरासतबाट फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जेन्जी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट फरार थुनुवा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ थोकर टोलका पनिलाल दासलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका पनिलाल दास लागुऔषध गाँजा मुद्दामा फरार भएका थिए । त्यसैगरि जेन्जी आन्दोलन कै क्रममा कारागार कार्यालय गौर, रौतहटबाट फरार लागुऔषध मुद्दाका कैदीबन्दी चन्द्रपुर–१ का २८ वर्षीय उमेश राना मगरलाई पनि पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी रुद्रराज कँडेलले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles