रौतहट १४ कार्तिक
भारतबाट उद्धार गरिएका १६ जना बालबालिकालाई शुक्रबार परिवारलाई जिम्मा लगाइएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाबाट दिल्ली , मुम्बइ र विहार पुगेका १६ जना बालाबालिकाकहरुलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा उनीहरुलाई परिवारको जिम्मा लगाइएको मन्त्रालयले जनाएको छ । भारतका विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका ति १६ जना बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेको थियो । सो भारतीय संस्थाले सबै प्रक्रिया पुरा गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाइएकोजनाइएकोे छ । ति बालबालिकाहरू मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले तराई पोष्टलाई जानकारी दिनु भयो ।

