आज – १४ कार्तिक २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा आफन्ततहरूबाट सहयोग मिल्ला । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस । सवारी साधनमा धन खर्च हुनेछ । छरछिमेकीसँग वादविवाद सुल्झिनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसिक वा शारीरिक पक्ष सबल रहनेछ । पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस । नयाँ कार्यतर्फ अग्रसर भइनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । शुभचिन्तकहरुको सहयोग मिल्लेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम बन्नेछन् । अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ । व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ । जीवनसाथिको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूसंग रमाइलो जमघट संगै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । रचनात्मक कार्यमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाईहरूको सहयोगले कार्य बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जगाउन सकिनेछ । स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न होला । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ । विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ । भविष्यको लागि नयाँ कार्यको जग बसाउने अवसर मिल्नेछ । मेहनतले उपलब्धी दिलाउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा जोश जागर बढ्नेछ । जीवनको प्राथमिकतालाई अगाडी राखेर कार्य गर्नुहोस् । मानसिक रूपले थकान महसुस हुनेछ । सम्बन्धहरूमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ । नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस् । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् सचेत रहनुहोस । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्छ । युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ । संवैधानिक पदको जिम्मेवारी स्वयं राख्नुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

ताजा समाचार

Related Articles