रौतहटबाट काठमाडौ जादै गरेको बस चितवनमा दुर्घटना , रौतहटका ८ सहित ३३ घाइते

रौतहट १४ कार्तिक
रौतहटको गौरबाट काठमाडौको लागी हिडेको यात्रु वाहक बस चितवनमा दुर्घटना हुदा रौतहटका ८ जना घाइते भएका छ । रौतहट गौर नगरपालिका–५ का बर्ष ४१ का मुकेश कुमार केसरी , राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो, गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर , गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह , बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा , दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास , माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास घाइते भएको चितवन प्रहरी पुष्टि गरेको छ ।
गएराती पौने २ बजेको आसपासमा भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरि राखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा रौतहटको गौरबाट काठमाण्डौतर्फ आउंदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रु बाहक बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । सोही क्रममा पुन बसमा जनकपुरबाट काठमाण्डौ तर्फ आउंदै गरेको बा .प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रु बाहक बस समेत ठोक्किदा ३३ जना घाइते भएका छन । बस दुर्घटना पछि लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आंपटारी चितवन बाट गएको सुरक्षा फौजले घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको प्रहरी जनाएको छ ।

ताजा समाचार

Related Articles