रौतहट १३ कार्तिक
रौतहटमा निमितका भरमा चलाउदै आएका स्थानिय तहहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन । अहिले रौतहटका १८ स्थानिय तहहरुमध्ये १२ ओटा स्थानिय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत विहिन हुदा सेवाग्राहीहरुले दुरुस्त सेवा पाउन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते निमित्तका भरमा चल्दै आएका रौतहटका १६ वटा स्थानिय तहमा एकै पटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । ति १६ स्थानीय तहमध्ये ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत मात्रै सम्बन्धित स्थानिय तहमा हाजिर भएका छन । रौतहटको गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हालसम्म हाजिर हुन आएका छैनन । जसका कारण १२ स्थानिय तहको सेवा प्रवाहमा प्रत्यक्ष असर परि रहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरु नै हाजिर हुने बताउनु भएको छ । रौतहटका १२ वटा स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत खटाइएका दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नै हाजिर हुने सचिव पन्थले बताउनु भयो । निमित प्रमुख प्रशासकीय अधिकृत हुँदा पालिकाको काम कारबाही चुस्त दुरुस्त हुन नसकेकोले कुनै पनि बहानामा अब निमित नखटाइने उहाँले बताउनु भयो । समयमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुदा सेवा प्रवाहमा असर पर्नुको साथै दसैँ, तिहार, छठमा समेत कतिपय स्थानीय तहका कर्मचारी, शिक्षकले तलब, भत्ता खान पाएका छैनन ।

