आज – १३ कार्तिक २०८२ बिहिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ । पारिवारिक वाद विवाद सुल्झिनेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ । आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ । मनमा अज्ञात भय रहनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला । युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ । वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा मजबुती आउनेछ । जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ । इष्टमित्रहरूबाट सहयोग पाइएला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खर्चमा नियन्त्रण राख्नुहोला। आफन्तहरू मध्य मनोरञ्जनात्मक समय व्यतीत हुनेछ । खेल जगतमा हजुरको चर्चा हुनेछ । राज्यपक्षबाट लाभ मिल्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । सवारी साधन चलाउँदा सावधान रहनुहोला । सरकारी कार्यमा समय लाग्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस् । प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ । राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला । दाम्पत्य जीवन सुमधुर रहनेछ । वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ । परोपकार र समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ । पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस् । आत्मबलमा वृद्धि हुनेछ । आजको शुभ रंग सेतो ह‍ो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ । नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । मानसम्मानमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ । साहित्य वा लेखन कलामा सुधार आउनेछ । कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles