कटहरिया नगरपालिकामा पुनः कर्मचारी आन्दोलित , वडा देखि नगरपालिकामा ताला

राैतहट १२ कार्तिक
राैतहटकाे कटहरिया नगरपालिकामा कर्मचारीले ताला लगाइएकाे छ । बुधबार कटहरिया नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरूले तलब भत्ता बक्यौता भुक्तानी नगरेकाे भन्दै नगरपालिकाका ताला लगाएका हुन । नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरुले साे नगरपालिकाकाे वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाकाे कार्यालयमा समेत ताला लगाइएकाे उनीहरुले बताएका छन । कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गत असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको आरोप समेत लगाएका छन । दिपावली र छठ अगावै भुक्तानी गर्ने भनिएको रकम अझै नआएपछि उनीहरूले फेरि आन्दोलन गरेका हुन । २०८२ कार्तिक १२ गते बसेको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी गर्दै “धर्ना कार्यक्रम” सुरु गर्ने निर्णय गरेको छ । आफ्नाे मागसहितकाे ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै वडा कार्यालयमा पठाइएको समेत कर्मचारीहरुले बताएका छन । “हामीले लामो समयदेखि नगर सेवामा समर्पित छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको आन्दाेलित कर्मचारीहरुकाे भनाई रहेकाे छ । जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, आन्दोलन जारी रहने समेत उनीहरुले बताएकम छन ।

ताजा समाचार

Related Articles