मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुराना साथीहरूसँग भेटघाट हुनेछ । आफन्तहरूको आगमनले घरपरिवारमा खुशीको माहोल रहनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जग्गा जमीनलाई लिएर ऋण लिनुपर्ला सावधान रहनुहोस् । अवसरवादीहरूले खुट्टा तान्नेछन् । कार्यक्षेत्रमा बलको अपेक्षा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित व्यक्तिहरूसँग राम्रो सम्पर्क बन्नेछ । सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ । कार्यलाई लिएर दौडधुप गर्नुपर्ला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूले वेवीस्था गर्दा मन अप्रसन्न रहनेछ । गुप्त कुराहरू अरुसँग नभन्नुहोस् । घर परिवारको वातावरणलाई सकारात्मक राख्नुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सकारात्मक रहने प्रयास गर्नुहोला । आफन्तमध्य रमाइलो भोजनको आनन्द मिल्नेछ । नयाँ योजनाहरूको रूपरेखा कोरिनेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यले गर्दा आर्थिक स्थिति बिग्रिन सक्छ । विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन विचलित हुनेछ । कार्यक्षेत्रमा अरुको थप कार्य गर्नुपर्ला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ । व्यपारमा लाभका योग छन् । समय अनुरूप आफूलाई परिवर्तन गर्नुहोस् भाग्यको साथ मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षी योजनाहरू पूरा नहुनाले मनोबलमा कमी आउनेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा हजुरको कामको प्रशंसा हुनेछ । नयाँ लगानी लगाउनको लागि समय अनुकूल रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कार्य सम्पादन हुनाले मनोबलमा वृद्धि हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) युवा वर्गहरूलाई रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । कार्यक्षेत्रमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। इष्टमित्रहरूको साथ पाइनेछ । छात्रहरूलाई भविष्यलाई लिएर चिन्ता रहनेछ । अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।

