रौतहट ११ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार लामा गुरु गेसे लोब्साङ दावा रिन्पोर्छेले शुभ आशिर्वाद तथा धर्म प्रवचन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल बौद्ध धर्म परिचय समाजका अध्यक्ष समेत रहनु भएका परम गुरु डा.गेसे लोब्साङ दावा रिन्पोछे ज्युले २०८२ कार्तिक ११ गते मंगलबार चन्द्रपुर ४ कप्तानटोल रौतहटमा रहेको स्येडुप फेन्दे नाङतेन लोप्लिङ गुम्बाको आमत्रणमा सो कार्यक्रम सम्पन्न गरेको गुम्बाका अध्यक्ष हर्क मोक्तान तामाङले बताउनु भयो । सो भेटघाट तथा शुभ सन्देश प्रवाह कार्यक्रममा लोब्साङ दावा रेन्पोर्छेले बुद्ध धर्मको महत्वको चर्चा गर्नु भएको थियो । नेपाल बौद्ध धर्म परिचय समाजका अध्यक्ष समेत रहनु भएका गुरु दावा रिन्पोर्छेले टेकानमा रहेको स्येडुप फेन्दे नाङतेन लोप्लिङ गुम्बाको भौतिक संरचनालाई प्राथमिकता नरहेको तर गुम्बाको गुणात्मक विकासका लागी जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पार्नु भयो । सो गुम्बामा हाल सम्भोटा लिपिमा अध्ययन अध्यापन भइरहेको र प्रशिक्षकलाई आवश्यक भता नेपाल बौद्ध धर्म परिचय समाजले दिदै आएको समेत रिपोर्न्छे दावाले बताउनु भयो । उहाले दिनरात पुजापाठ गरेर मात्रै धर्म हुन्छ भन्ने कुरा गलत भएको बताउनु हुदै मन सफा , करुणमय, दया, नकरात्मक सोच नगर्नु नै धर्म हो त्यसैले अरुको नराम्रो कुभलो नसोच्न समस्त भक्तजनहरुलाई अपिल गर्नु भएको छ ।

