प्रधानमन्त्री कार्कीले आज त्रिपक्षिय छलफल गर्दै

काठमाडौ १२ कार्तिक
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएका छन । कार्कीले राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरू र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको हो । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षिय छलफल सुरु हुने जनाएको छ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलो पटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भएको छ । खरेलले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए । यसबिचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थियो । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ रहेको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।

ताजा समाचार

Related Articles