रौतहट १० कार्तिक
रौतहटमा आइतबार खोलामा डुबेर २ जना बालकको मृत्युभएको छ । रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ८ मत्सरी टोलमा रहेको कुडिंँया खोलामा बर्ष ८ का अनिस बैठाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ । मृतक अनिस खोलामा डुबेर बेहोस अबस्थामा रहेको र तत्कालै गौरमा उपचारका लागी लगिएको थियो । उपचारको क्रममा डाक्टरले बैठालाई मृत घोषणा गरेका थिए । त्यसैगरि आइतबार नै रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर ८ इनरवा पुल नजिक लाल बकैया खोलामा नुहाउने क्रममा बर्ष १२ का शकुन्तला कुमारी साह डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले तराई पोष्टलाई जानकारी दिनु भयो ।

