आज – १० कार्तिक २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्चका योग छन् । आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन् । दिगो योजना प्रारम्भ गर्नको लागि शुभचिन्तकहरूबाट सहयोग लिनुहोस् । नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तानको प्रगतिले मन आनन्दित रहनेछ । संवेदनशील निर्णयहरूमा आफन्तहरूको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शेयर बजारबाट लाभ प्राप्त होला । इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। साहसिक कार्य गर्ने समय रहेको छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पराक्रम र धैर्यमा वृद्धि हुनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । सामाजिक जमघटमा आफूलाई चिनाउन सकिनेछ । व्यापारमा राम्रो फड्को मार्न सकिनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रशासनिक क्षेत्रको काममा ढिला हुनाले काम समयमा सम्पादन नहोला । संवैधानिक पदको मर्यादा राख्नुहोस्। आफूभन्दा ठूला प्रति सम्मानको भावना राख्नुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा हतार गरेर निर्णय नलिनुहोला । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ । आयस्रोत सामान्य रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएका कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार विस्तारको लागि थप लगानी लगाउने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ । अवसरवादीहरूबाट सावधान रहनुहोस् । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा आफन्तहरूको जमघटले मन प्रशन्न रहनेछ । दिगो लाभ हुने कार्य प्रारम्भ होला। नोकरी वा पेशामा हजुरको कार्यमा अरुले हस्तक्षेप गर्न सक्लान् सावधान रहनुहोस् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ । सवारी साधनमा धन खर्चका योग छन । विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा मन जानेछ । रोग प्रतिरोधात्मक क्षमतामा वृद्धिको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ । विवादित समस्याहरू सुल्झिनेछन । पुराना कार्य सम्पादन हुनाले नयाँ कार्यप्रति जोश जागर जाग्नेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ ।

ताजा समाचार

Related Articles