गैडाटार फुटबल प्रतियाेगीताकाे उपाधि कछडिया समाज युवा क्लवकाे पाेल्टामा

राैतहट ९ कार्तिक
गैडाटार फुटबल प्रतियोगिताकाे फाइनल खेलकाे उपाधि कछडिया समाज युवा क्लव गैडाटारले जितेकाे छ ।। गत असाेज २८ गतेबाट शुरु भएकाे साे फुटबल प्रतियोगिताकाे आइतबार भएकाे फाइनल खेलमा जनज्योति युवा क्लव सिमरा भवानीपुरलाई ५-१ गाेल अन्तरले पराजित गरि कछडिया समाज युवा क्लव गैडाटारले प्रतियोगिताकाे उपाधि जितेकाे हाे । प्रतियाेगिताकाे गाेल स्काेलर कछडिया समाज युवा क्लवका जर्सी नं. ७ का विकास मगर , उत्कृष्ट खेलाडी जर्सी नं. ४ का अरविन्द धामी र उत्कृष्ट गाेल किपर सागर मगर हुनु भएकाे छ । फाईनल खेलमा कछडिया समाज युवा क्लवका जर्सी नं.७ का विकास मगरले मात्रै ५ गाेल गरेका थिए भने जनज्योति युवा क्लव भवानीपुरकाे तर्फबाट जर्सी नं. १७ का राेहन चाैधरीले सानताेना १ गाेल गरेका थिए । प्रतियोगिता चन्द्रपुर नगरपालिकाकाे वडा नं.३ गैडाटारमा कछडिया समाज यूवा क्लवद्वारा आयोजना गरिएकाे हाे । प्रतियोगितामा प्रथम हुने क्लव कछडिया समाज युवा क्लव गैडाटारले नगद ३० हजार , मेडल , ट्रफी र दाेस्राे हुने क्लव जनज्योति युवा क्लव भवानीपुरले नगद १५ हजार , मेडल , ट्रफी पुरस्कार स्वरुप प्राप्त गरेका छन । कार्यक्रममा प्रमुख अतिथि राजु धामीले गैडाटारमा पनि महिला फुटबल खेलाडी उत्पादनमा जाेड दिदै गैडाटार फुटबल खेलाडीकाे भण्डार रहेकाे बताउनु भयाे ।

ताजा समाचार

Related Articles