राैतहट ८ कार्तिक
गैडाटार फुटबल प्रतियोगिता फाइनल खेल कार्तिक ९ गते आइतबार हुने भएकाे छ । गत असाेज २८ गते देखि शुरु भएकाे नकाउट फुटबल प्रतियोगिता कार्तिक ८ गते फाइनल खेल हुने तालिका रहेकाे थियाे तर विशेष कारणवस खेल एक दिन पछाडि सारिएकाे छ । साे प्रतियोगिता शुभ दीपावली तथा छठ पर्वको अवसरमा चन्द्रपुर नगरपालिका वडा नं.३ गैडाटारमा कछडिया समाज यूवा क्लवद्वारा आयोजित खुल्ला नक-आउट फुटबल प्रतियोगताकाको फाईनल खेल २०८२ कार्तिक ९ गते आइतबार दिनकाे २ बजेदेखि सुरु हुने आयाेजक कछडिया समाज युवा क्लवका अध्यक्ष कृष्ण कुमरले जानकारी दिनु भयाे । फाइनल खेल आयाेजक कछडिया समाज युवा क्लव गैडाटार र जनज्योति युवा क्लव भवानीपुरबिच हुने आयाेजकले जनाएकाे छ । पहिलाे सेमी फाईनल खेलमा LYC निजगढ बारालाई २-१ गाेल अन्तरले पराजित गरि जनज्योति युवा क्लव भवानीपुर फाइनलमा प्रबेश गरेकाे थियाे । त्यसैगरि दाेस्राे सेमीफाइनलमा कछडिया समाज युवा क्लव गैडाटारले सिंगाैल युवा क्लवलाई १-० गाेले पराजित गरि फाइनलकाे यात्रा तय गरेकाे हाे । साे प्रतियोगितामा प्रथम हुने क्लवले नगद ३० हजार , मेडल , ट्रफी र दाेस्राे हुने क्लवले नगद १५ हजार , मेडल र ट्रफी पाउने छन ।

