वृन्दावनमा छठघाट तथा मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

रौतहट, ८ कार्तिक । छठ पर्वलाई लक्षित गर्दै वृन्दावन नव युवा समाजले वृन्दावन नगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक तथा सामुदायिक स्थलहरूमा सरसफाइ कार्यक्रम गरेको छ।
शनिबार सरसफाइ कार्यक्रम अन्तर्गत युवा समाजका सदस्यहरूले वृन्दावन नगरपालिका–३ मा रहेको मठ नजिकको छठघाट र पोखरी सफा गरेका छन् । सोही  वडामा रहेको ब्रह्म बाबा मन्दिरमा समेत सरसफाइ गरिएको छ।
यस्तै, वृन्दावन–१ को हनुमान चौकस्थित छठघाट पनि सरसफाइ गरिएको छ ।
युवा समाजका प्रतिनिधिहरूका अनुसार आउँदो छठ पर्वलाई दृष्टिगत गर्दै गरिएको यो अभियानको उद्देश्य धार्मिक स्थलहरूलाई सफा, आकर्षक र स्वच्छ बनाउनुका साथै श्रद्धालुहरूलाई स्वच्छ वातावरणमा पूजा–आराधना गर्न सहजता प्रदान गर्नु रहेको छ ।
कार्यक्रममा वृन्दावन नव युवा समाजका सम्पूर्ण सदस्यहरूको उपस्थिति र सक्रिय सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles