राैतहटमा छठ घाटकाे तयारी तिब्र

राैतहट ७ कार्तिक
दसैँ र तिहारको उल्लास सकिए लगत्तै राैतहटका सर्वसाधारण अहिले सूर्य पूजाको महान् लोकपर्व छठको तयारीमा जुटेका छन् । छठ गीत र धुनले गाउँ–सहर गुन्जिरहेका बेला राैतहटका खाेला, ताल , पाेखरीहरुमा श्रद्धालुहरु जलाशयहरूमा पूजा स्थलको सरसफाइ, घाट निर्माण तथा सजावटमा व्यस्त भएका छन । राैतहटकाे बागमति खाेला , चादी खाेला , लालबकैया , लगायत राैतहटका १८ ओटै स्थानिय तहहरुमा भएका ताल , पाेखरीहरुमा जलगायतका जलाशयहरूमा छठ पर्व मनाउन विशेष तयारी भइरहेको छ । पूजा स्थलहरू सुरक्षित  बनाउनका साथै घाटहरूलाई आकर्षक बनाउने काम युद्धस्तरमा अगाडि बढाइएको चन्द्रनिगाहपुरका रविन अधिकारीले तराई पाेष्टलाई बचाउनु भयाे ।  तिहार सकिएसँगै छठका गीतहरुबजारका पसल, घर आँगन र सार्वजनिक स्थलमा लाउडस्पिकरमार्फत मैथिली र भोजपुरी भाषाका छठ गीतहरू बजाउने क्रम बढ्दै गएकाे छ । चार दिनसम्म मनाइने यो पर्वमा सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा गरिनेछ ।

ताजा समाचार

Related Articles