राैतहट ७ कार्तिक
मधेशमा छठ पर्वमा थप एक दिन बिदा हुने भएकाे छ । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेपछि थय १ दिन बिदा हुने भएकाे हाे । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाे जानकारी दिएकाे छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको छ । याे निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहने भएकाे छ । छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गरेका छन ।

