राैतहट ७ कार्तिक
राैतहटकाे गुजरामा हालसम्म सामाजिक सुरक्षा भता वितरण नभएपछि स्थानिय आक्राेशीत भएका छन । राैतहटकाे गुजरा नगरपालिकामा रहेकाे NIC Asia बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन । सेवाग्राही आमा–बुबा तथा ज्येष्ठ नागरिकहरूले लामो समयदेखि भत्ता नपाएको गुनासो गर्दै आएका थिए । बैंक र नगरपालिकाबीचको समन्वय अभावका कारण किस्ता–किस्तामा वितरण गरिने भत्ता रोकिएको सेवाग्राहीहरुले बताएका छन । हिन्दूहरूको महान चाड विजयादशमी, दीपावली र छठको मुखमा पुग्दा समेत भत्ता नपाउँदा सेवाग्राही चिन्तित र आक्रोशित भएका छन । समयमा नै भता वितरण नगरेपछि गुजरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजित चौधरीले प्रतीकात्मक विरोधस्वरूप NIC Asia बैंक र नगरपालिकाको कार्यालयमा ताला लगाउनु भएकाे छ । जनताको अधिकार खोस्ने जसले गरे पनि गर्न नपाउने र जबसम्म सेवाग्राहीले आफ्नो हक प्राप्त हदैन, तबसम्म आफू लडिरहने वडा अध्यक्ष चाैधरीले तराई पाेष्टसँग बताउनु भयाे । भत्ता वितरणमा देखिएको समस्या तत्काल अन्त्य गर्न माग स्थानियले गरेका छन।

