राैतहट ५ कार्तिक
राैतहटमा करेन्ट लागेर पुर्व वडा अध्यक्षकाे मृत्यु भएकमे छ । राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष रामसाेगारथ यादवकाे बुधबार विहान करेन्ट लागेकाे थियाे । यादव आफ्नै बाख्रा फर्ममा पानीका लागि माेटर चलाउदा करेन्ट लागेकाे पारिवारिक स्राेतले जनाएकाे छ । करेन्ट लागेर घाइते भएका यादवकाे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटाेमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले तराई पाेष्टलाई जानकारी दिएको छ।

