मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्ला । पारिवारिक समस्याले खर्चमा वृद्धि हुनेछ । पशुधन वा कृषि क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रमले आँटेका कार्यसम्पादन हुनेछन् । कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग पाइएला । अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ । अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा रुचि बढ्नेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । कानुनी मामलाहरू सुल्झिनेछन् । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरू मध्य रमाइलो समय बित्नेछ । पहिला गरेका कार्यको प्रशंसा हुनेछ । दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ । महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारसँग सल्लाह अवश्य लिनुहोला । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरा गर्न नसक्ने वचन कसैलाई नदिनुहोस् । प्रेम सम्बन्धलाई सुमधुर रहनेछ । युवावर्गहरु करियरलाई लिएर चिन्तित रहनुहुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नयाँ नोकरीको लागि अनुबन्ध स्वीकार हुनेछ । स्वास्थ्यमा पेट सम्बन्धी समस्या होला खानपिनमा सजगता अपनाउनुहोस् । ऋण दिनबाट बच्नुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस् । आफन्तहरूसँग कुनै कुरालाई लिएर विवाद बढ्न सक्छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा काम बिग्रिने डरले मनमा अज्ञात भय रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अध्यात्मतिर झुकाव रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आय आर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन् । आर्थिक पक्ष सबल रहनेछ । घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भावमा कमी आउनेछ साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस । बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ । आयस्रोत सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ ।

