रौतहटको गरुडामा आगलागी , ३०/४० लाख क्षति भएको आंकलन

रौतहट ४ कार्तिक
रौतहटको गरुडामा गएराती आगलागी हुदा लाखौको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर—८ बिर्ता बजारमा बिजुली सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय गरुडाले तराई पोष्टलाई जानकारी दिनु भयो । सोमबार राती अन्दाजी ९ बजेर ५० मिनेटको आसपासमा आगलागी भएको स्थानियले बताएका छन । गरुडाका विगन साहको कपडा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । केदारनाथ साहाको घरमा पसल राखेका विगन साहको ३०/४० लाख बराबरको क्षति भएको प्रहरी चौकी बिर्ताका हवल्दार राजु साहले बताउनु भएको छ । प्रहरी टोली , स्थानियको संयुक्त प्रयासमा सो आगलागी रातको १० बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी शंकर प्रसाद आचार्यले जानकारी दिनु भयो । आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारका कपडाहरु र काठका र्याक जलेर आंशिक रूपमा क्षति पुगेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ । प्रारम्भिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि विस्तृत क्षति विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles