रौतहट ४ कार्तिक
रौतहट प्रहरीले लागु औषधसहित एक महिलालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले ठुलो परिमाणमा नशालु इन्जेक्सनसहित एक महिलालाई पक्राउ गरेको हो । रौतहटको यमुनामाई गाउँपालिका–५ बमनहर नजिकै सोमबार साँझ चेकजाँचका क्रममा बर्ष ६० का दिलमाया बिकलाई प्रहरीले पक्राउ गरेका हुन । स्थायी प्रहरी चौकी बम नहरबाट खटिएको टोलीले गौर–चन्द्रनिगाहपुर सडकखण्डमा गौरबाट चपुरतर्फ जाँदै गरेको यात्रु वाहक बस ना ५ ख ५०६३ लाई रोक गरी जाँच गर्ने क्रममा एक महिला माथि शङ्का लागेपछि थप तलासी लिँदा ठुलो परिमाणमा लागु औषध भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिला म्याग्दी जिल्ला बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया बिक रहेकोcले जनाएको छ । प्रहरीले बिकको साथबाट फेनारगन ४९८ पिस, डाईजोपाम ४९१ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४८९ पिस नशालु इन्जेक्सन बरामद गरेको जनाएको छ । पक्राउ परेकी महिलालाई बरामद गरिएको लागुऔषधसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताउनु भयो ।

