रौतहट ४ कार्तिक
रौतहटको गैडाटारमा गत असोज २८ गतेबाट सञ्चालित फुटबल प्रतियोगीता अर्न्तगत मंलबार कार्तिक ४ गते पनि २ ओटा खेल भएको छ । कछडिया समाज युवा क्लवद्धारा आयोजित प्रतियोगीता चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा सञ्चालन भइरहेको छ । सो प्रतियोगीता अन्तर्गत मंगलबार ४ गते पनि २ ओटा खेल सम्पन्न भएको छ । मंगलबार भएको पहिलो खेलमा जनज्योती युवा क्लव भवानीपुर विजयी भएको छ । सो खेलमा जनज्योती युवा क्लव भवानीपुरले निजगढ युवा क्लव बारालाई ३—२ गोल अन्तरले पराजित गरेको हो । त्यसैगरि मंगलबारको दोस्रो खेल कछडिया समाज युवा क्लव गैडाटार र जनशक्ति युवा क्लव राई टोल बिच भएको थियो । सो खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल पेलान्टी सुटआउटमा गएको थियो । पेनान्टी सुटआउटमा कछडिया समाज युवा क्लवले जनशक्ति युवा क्लव राई टोललाई ३—१ गोलले कछडियासमाज युवा क्लव विजयी भएको छ । कार्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको कार्तिक ५ गतेको पहिलो सेमी फाइनल खेल दिनको २ बजे एलवाइसि निजगढ युवा क्लव बारा र जनज्योती युवा क्लव भवानीपुरबिच हुने आयोजक कछडिया समाज युवा क्लवका अध्यक्ष कृष्ण कुमरले जानकारी दिनु भयो । प्रतियोगीतामा प्रथम हुने क्लवले नगद ३० हजार ,मेडल , ट्रफी र दोस्रो हुने क्लवले नगद १५ हजार,मेडल ट्रफी वितरण हुने आयोजक कछडिया समाज युवा क्लव गैडाटारले जनाएको छ ।

