आज – ०४ कार्तिक २०८२ मंगलवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग मिल्नाले मनोबल बढ्नेछ । घरपरिवारको आपसी मतभेद सुल्झिनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन । नयाँ कार्यप्रति सजगता अपनाउनुहोस् । कार्यक्षेत्रमा व्यस्तताले घरपरिवार तर्फ ध्यान कम जाला । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिकमा सांस्कृतिक क्रियाकलापमा आर्थिक योगदान बढ्नेछ । आत्मबलमा वृद्धि हुनेछ । धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्न सक्नुहुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मानमा वृद्धि हुनेछ । आफ्नो कार्यकुशलताले अरुलाई प्रभावित पार्न सकिनेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ । चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन द्वारा उचित मार्गदर्शन मिल्नेछ । सुख सुविधामा धन खर्च हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजनाहरुमा आकस्मिक बदलाव गर्नुपर्ला । परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ । कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारको मामलाहरूमा सावधानी अपनाउनुहोला । सामाजिक गतिविधिलाई लिएर जानकारी हुनेछ । यात्रा गर्दा अनजान व्यक्तिहरूसँग सचेत रहनुहोस् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा भागीदारी बढ्नेछ । विरोधीहरूले हानि पुर्‍याउने प्रयास गर्नेछन् । मित्रको सहयोगले अड्किएको कार्य पूरा हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरेलु जिम्मेवारी साथै आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । अध्ययनको क्षेत्रमा एकाग्रता राख्नुहोस्। लेन देनमा सावधानी अपनाउनुहोस् । आतिथ्यपूर्ण सत्कारले मन प्रसन्न रहनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर परिवारमा आफन्तहरूको आगमनले मन हर्षित रहनेछ। पुरानो रोगले सताउला । आर्थिक पक्ष कमजोर रहन सक्छ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारमा आपसी समझदारीमा कमी आउनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस । अशक्तहरूलाई सहयोग गरेर मन प्रसन्न रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लोक कल्याणको कार्यमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूबाट आलोचना पाइनेछ । नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।

ताजा समाचार

Related Articles