रौतहट ३ कार्तिक
रौतहटको गैडाटारमा गत असोज २८ गतेबाट सञ्चालित फुटबल प्रतियोगीता अर्न्तगत सोमबार कार्तिक ३ गते पनि २ ओटा खेल भएको छ । कछडिया समाज युवा क्लवद्धारा आयोजित प्रतियोगीता चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा सञ्चालन भइरहेको छ । सो प्रतियोगीता अन्तर्गत सोमबार कार्तिक ३ गते पनि २ ओटा खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेलमा सिंगौल युवा क्लव विजयी भएको छ । सो खेलमा सिंगौल युवा क्लवले जुडिबेला युवा क्लवलाई ३—० गोल अन्तरले पराजित गरेको हो । सोमबार भएको पहिलो खेल सिगौल युवा क्लव र जुडिबुला युवा क्लवबिच भएको थियो । खेलमा सिगौल क्लवको तफबार्ट जर्सी नं. १३ का सागर चौधरीले २ गोल र जर्सी नं. ११ का नविन चौधरीले १ गरेका थिए । त्यसैगरि सोमबारको दोस्रो खेल निजगढ युवा क्लव बारा र कछडिया समाज युवा क्लव गैठाटार रौतहटबिच भएको थियो । सो खेलमा निजगढ युवा क्लव बाराले कछडिया समाज युवा क्लवलाई ६—० गोलले निजगढ बारा विजयी भएको छ । खेलमा निजगढ युवा क्लव बाराको तर्फबाट जर्सी नं. १० का विक्रम लामाले ३ गोल, जर्सी नं. ७ का समीर कुमरले १ गोल र जर्सी नं. ९ का प्रविन कुमरले १ गोल गरेका थिए । कार्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको कार्तिक ४ गतेको पहिलो खेल दिनको १ बजे निजगढ युवा क्लव बारा र जनज्योती युवा क्लव भवानीपुरबिच हुने आयोजक कछडिया समाज युवा क्लवका अध्यक्ष कृष्ण कुमरले जानकारी दिनु भयो । त्यसैगरि दोस्रो खेल कछडिया समाज युवा क्लव गैडाटार र जनशक्ति युवा क्लव राई टोलबिच हुने जनाएको छ । प्रतियोगीतामा प्रथम हुने क्लवले नगद ३० हजार ,मेडल , ट्रफी र दोस्रो हुने क्लवले नगद १५ हजार,मेडल ट्रफी वितरण हुने आयोजक कछडिया समाज युवा क्लव गैडाटारले जनाएको छ ।

