रौतहट ३ कार्तिक
पछिल्लो समय गैडाटारमा केरा खेतीमा आकर्षण भएका किसानहरु अहिले चाडपर्वको बेला पनि रौतहटका किसान धान काटेर भित्र्याउनुका साथै मकै छर्नमा व्यस्त भएका छन । गैडाटारमा विगत केही बर्षदेखि स्थानिय किसानहरुले केरा खेती गर्न थालेपछि धान खेती गैडाटारमा कमी आएको छ । तर धान खेती गर्ने किसानहरु कमी भएतापनि अहिले गैडाटारका किसानहरु धान काट्ने,झार्ने र मकै छर्नमा नै ब्यस्त भएका छन । साठी दिनमा तयार भएको धान गैडाटारमा दसैँ लगत्तै धमाधम कटान भइरहेको स्थानिय किसानहरुले बताएका छन । चाडपर्वसँगै धान काट्ने कामलाई किसानले निरन्तरता दिइरहेका स्थानियले बताएका छन । घरघरमा तिहारको तयारी गर्नु पर्नेमा बिहान भरी खेतमा धान काटने , मकै छर्ने , मल छर्न लगायतका कामका किसानहरु ब्यस्त रहेको स्थानिय किसान विवई थिङले तराई पोष्टलाई जानकारी दिनु भयो ।

