आज – ०३ कार्तिक २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछ । जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको अवसर मिल्दा पनि भने जस्तो लाभ नमिल्ला । रोकिएका कार्य अगाडि बढ्नेछन । आफुले गरेको मेहनतको फल अरुले लिन सक्छन् । विशिष्ट व्यक्तिहरूको साथ र सहयोगले व्यापार व्यवसायमा नँया निर्णय लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ । रचनात्मक कार्यहरूबाट लाभ लिने अवसर प्राप्त हुनेछ । पारिवारिक सद्भावमा वृद्धि हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने छ । वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो लाभ नमिल्ला । शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिबन्धले अप्ठ्यारा स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आर्थिक वा सामाजिक स्थिति सबल हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा चलिरहेको वादविवाद सुल्झिनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्ला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक समस्या सुल्झ्याउन सकिनेछ । नोकरी र व्यवसायमा प्रगति हुनेछ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला । रमाइलो यात्राले मन प्रसन्न रहनेछ । घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला । स्वास्थ्यको लागि खानपीनमा सजग रहनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ला । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला । व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्नेछ । आकस्मिक धन लाभका योग छन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । रोकिएका कार्यसम्पादन हुनेछन् । आयस्रोत राम्रो रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

ताजा समाचार

Related Articles