शुभ प्रभात आज – ०२ कार्तिक २०८२ आइतवार को तपाईको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला । चिताएको कार्यसम्पादन हुन समय लाग्नेछ । मेहनत र परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस् । व्यापार व्यवसायमा ग्राहकहरूको मन जित्ने प्रयास गर्नुहोला । परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भावमा वृद्धि हुनेछ । आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । साइनो गास्नेहरूको भरपर्दा दुःख पाइनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रम अनुसार परिणामको प्राप्ति नहोला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्नुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा प्रभुत्व स्थापित गर्न सकिनेछ । अरुको कुरा सुनेर कुनै निर्णयमा नपुग्नुहोस्। पिताको सहयोगले रोकिएको काम बन्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला । नयाँ कार्यको थालनी गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस् । कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता हात लाग्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक वा लेखन कलामा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक कुराको पछि लाग्दा समस्या निम्तिनेछ । रोकिएका कार्यमा सफलता मिल्नेछ । महत्वपूर्ण कार्यहरूलाई योजना बनाएर काम गर्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन् । सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष लाभ मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राम्रो कर्मफलको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । आर्थिक पक्ष सबल रहनेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्ममा मन लाग्नेछ । भाग्यको साथ पाइनेछ । भविष्यको लागि रुचिको विषयमा लगानी लगाउन सक्नुहुनेछ । संवैधानिक पदको मर्यादा राख्नुहोला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।

ताजा समाचार

Related Articles