गैडाटारमा सञ्चालित फुटबल प्रतियोगीतामा जुडिबेला र भवानीपुर विजयी

रौतहट १ कार्तिक
रौतहटको गैडाटारमा गत असोज २८ गतेबाट फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ । कछडिया समाज युवा क्लवद्धारा आयोजित सो प्रतियोगीता चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा सञ्चालन भइरहेको छ । सो प्रतियोगीता अन्तर्गत शनिबार पनि २ ओटा खेल सम्पन्न भएको छ । शनिबार भएको पहिलो खेल जुडिबुला युवा क्लव र हिलेखोला युवा क्लवबिचको खेलमा जुडिबेला युवा क्लव विजयी भएको छ । जुडिबेला युवा क्लवले हिलेखोला युवा क्लवलाई २—० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरि शनिबारको दोस्रो खेल गौरीशंकर युवा क्लव सर्लाही र जनज्योती युवा क्लव भवानीपुर सर्लाहीबिच सम्पन्न भएको थियो । सो खेलमा जनज्योती युवा क्लवले पेलान्टी सुटआउटमा ५—४ गोल अन्तरले जित निकालेको हो । गैडाटारमा सञ्चालित यो प्रतियोगीता कार्तिक ८ गतेसम्म हुने कछडिया समाज युवा क्लवका अध्यक्ष कृष्ण कुमरले तराई पोष्टलाई जानकारी दिनु भयो । भोली कार्तिक २ गते आइतबारको पहिलो खेल दिनको १ बजे लाल युवा क्लव निजगढ बारा र मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरबिच हुने आयोजकले जनाएको छ । त्यसैगरि दोस्रो खेल दिनको ३ बजे पुलामी मेम्वा युवा क्लव टेकान र कछडिया समाज युवा क्लव गैडाटारबिच हुने आयोजकले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles