राैतहट १ कार्तिक
राैतहटका ४ ओटा पुलकाे ठेक्का ताेडिने भएकाे छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले १५ दिने सुचना जारी गरि ठेक्का ताेड्ने प्रक्रिया अगाडि बढाएकाे कार्यालयले जनाएकाे छ । राैतहटका ४ ओटा पुल अलपत्र पार्ने ठेक्का ताेड्ने प्रक्रिया अगाडि बढाएकाे हाे । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले रौहटनको तारहारी खोला, लमाहा खोला र लौकाहा खोलामा पुल निर्माण अलपत्र पार्ने एउटै ठेकेदार पप्पु-शिवशंकर जेभीसँगको ठेक्का तोड्न लागेको डिभिजन प्रमुख अरुण कुमार लाल कर्णले तराई पाेष्टलाई बताउनु भयाे ।
त्यसैगरि रौतहट कार्यालयले लौकाहास्थित झान्ज खोलामा निर्माणाधीन पुल अलपत्र पार्ने मृत संजीवनी निर्माण सेवा प्रालि हेटौंडा र मिथुवास्थित झान्ज खोला पुल निर्माण नगर्ने दिवा-नियाग्रा-लक्ष्मण रेखा जेभी सातदोवाटोसँगको ठेक्का पनि तोड्न लागेको जनाएकाे छ । राैतहटकाे यसरी अलपत्र अबस्थामा रहेकाे अन्य पुलहरु पनि रहेकाे तर ती पुलहरुमा निर्माणकाे कार्य निरन्तर सञ्चालनको सञचालनमा रहेकाे डिभिजन प्रमुख कर्णले जानकारी दिनु भयाे ।

