राैतहट ३१ असाेज
राैतहटमा ७० औं प्रहरी दिवस २०८२” को सु-अवसरमा प्रहरी दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । जिल्काला प्र्यारहरी कार्लायका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीकाे प्रमुख आतिथ्यतामा, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक , अन्य पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजनहरु लगायत जिल्ला तथा मातहत प्रहरी इकाईका सिनियर प्रहरी अधिकृत, जुनियार प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुको साथसाथै कर्तव्यपालनको सिलसिलामा ज्यान उत्सर्ग गर्नु हुने सम्पूर्ण अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान साथै कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार समेत बितरण गरिएकाे जनाएकाे छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु कार्कीद्वारा स्वागत मन्तव्यको साथै प्रहरी महानिरिक्षकले शुभकामना सन्देश बाचन गर्नुभएको थियाे । अन्तयमा कार्यक्रमका प्रमुख अतिथि तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीद्वारा धन्यवाद मन्तव्य राखी कार्यक्रम समापन गर्नु भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

